शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पार्किङ हटाएको भन्दै दरबारमार्गका व्यापारीको विरोध प्रदर्शन

सोमबार, १५ फागुन २०७९, १८ : २७
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । काठमाडौँको दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सोमवार दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन् । 

लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले पहिले सञ्चालन भइरहेको पार्किङ हटाएपछि विरोध गरेका छन् । दरबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगर जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारी ६० प्रतिशतले गिरावट आएकाले विरोध गर्न बाध्य भएको बताए । 

उनले दरबारमार्गका व्यवसायीहरूले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौंलाई रोजगारी दिएपनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धराशायी बनेको बताए ।   उनले दबारमार्गको एकतर्फी पार्किङ कायम गर्नुपर्ने बताए । उनले महानगरले पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन गर्ने बताए ।  

व्यवसायी किरण गुरुङले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएको बताए । उनले महानगरले विकास बोर्डलाई कुनै खबर नगरी अचानक बन्द गरेको आरोप लगाए ।  

महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ नभएपछि व्यवसायीहरूले सटरभाडा समेत व्यवसायीरुले महानगरसँग वार्ता गर्ने भनेपनि महानगरले बेवास्ता गरेको उनीहरुको आरोप छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप