पार्किङ हटाएको भन्दै दरबारमार्गका व्यापारीको विरोध प्रदर्शन
काठमाडौँ । काठमाडौँको दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सोमवार दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन् ।
लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले पहिले सञ्चालन भइरहेको पार्किङ हटाएपछि विरोध गरेका छन् । दरबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगर जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारी ६० प्रतिशतले गिरावट आएकाले विरोध गर्न बाध्य भएको बताए ।
उनले दरबारमार्गका व्यवसायीहरूले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौंलाई रोजगारी दिएपनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धराशायी बनेको बताए । उनले दबारमार्गको एकतर्फी पार्किङ कायम गर्नुपर्ने बताए । उनले महानगरले पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन गर्ने बताए ।
व्यवसायी किरण गुरुङले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएको बताए । उनले महानगरले विकास बोर्डलाई कुनै खबर नगरी अचानक बन्द गरेको आरोप लगाए ।
महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ नभएपछि व्यवसायीहरूले सटरभाडा समेत व्यवसायीरुले महानगरसँग वार्ता गर्ने भनेपनि महानगरले बेवास्ता गरेको उनीहरुको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण