बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, १६ फागुन २०७९, १९ : ४१
काठमाडौँ । बैकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ मा बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौँ बबरमहलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण