बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, १६ फागुन २०७९, १९ : ४१

काठमाडौँ । बैकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ मा बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौँ बबरमहलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको प्रश्न–आजको दिनमा जन्मको आधारमा शासन गर्न पाइन्छ ?
-
‘पाउडर प्लान्ट सरकार आफैँले चलाउनुपर्छ’
-
पाउडर प्लान्ट भाडामा दिँदा नै राम्रो हुन्छ भन्ने छ : मन्त्री श्रेष्ठ
-
जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्यो पदमुक्त
-
‘सी’ डिभिजनमा झर्यो इटालियन सिरिएको पूर्वविजेता साम्पडोरिया
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक