हङकङमा ९४५ दिनपछि मास्कको अनिवार्यता समाप्त
हङकङमा ९४५ दिनपछि मास्क लगाउने बाध्यता हटाइएको छ । योसँगै विश्वमा कोभिडसँग सम्बन्धित सबैभन्दा लामो प्रतिबन्धको पनि अन्त्य भएको छ । हङकङका नेता जोन लीले भने, ‘अब हङकङमा भाइरस नियन्त्रणमा छ र फेरि फैलिने कुनै ठुलो सङ्केत छैन ।’
हङकङमा मास्क लगाउने बाध्यता जुलाई २०२० मा सुरु भएको थियो र करिब ९४५ दिनसम्म चल्यो । मास्क नलगाउनेलाई ८३ हजार रुपैयाँसम्म जरिवाना लगाउन सकिनेछ ।
लीले मङ्गलवार भने, ‘मास्क लगाउने बाध्यता हटाएपछि हङकङको अवस्था सामान्यमा फर्किनेछ ।’ ‘यस वर्ष र अर्को वर्ष पनि हामी अर्थतन्त्र र विकासको लागि पूर्ण गतिमा काम गर्नेछौँ,’ लीले भने ।
हङकङले कोरोनासँग लड्न चीनको प्रयासलाई अपनाइरहेको छ । यसमा शून्य कोभिड रणनीति पनि समावेश छ । हङकङमा जुन प्रकारको प्रतिबन्ध लगाइएको थियो त्यसले व्यापारलाई धेरै नोक्सान पुर्याएको थियो ।
दक्षिण कोरियामा अहिले पनि अस्पताल जाँदा र सार्वजनिक यातायात प्रयोग गर्दा मास्क लगाउन अनिवार्य छ । जापानले पनि मार्च १३ देखि मास्क लगाउने नियममा केही छुट दिने बताएको छ ।
जापानले रेल र बसहरूमा भीडको समयमा मात्र मास्क लगाउन सिफारिस गर्नेछ। जापानमा मास्क लगाउन अनिवार्य थिएन, तर देशका अधिकांश मानिसहरूले मास्क लगाउँथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण