मन्त्रिपरिषद् विस्तार र विश्वासको मत राष्ट्रपतिको चुनावपछि हुनसक्छ : राजन दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य राजन दाहालले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत राष्ट्रपतिको चुनावपछि मात्रै हुनसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने सांसद दाहालले प्रधानमन्त्रीले विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुनसक्ने बताए ।
‘हामीले राष्ट्रपतिको चुनावअघि प्रधानमन्त्री ज्यूले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्नेगरी गृहकार्य गर्यौं । अब जम्मा आठ दिन मात्रै बाँकी छ । त्यसैलै भ्याइँदैन भन्ने भयो’ रातोपाटीसँग कुरा गर्दै दाहालले भने, ‘अब राष्ट्रपतिको चुनावपछि मात्रै प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने र मन्त्रिपरिषद बिस्तार हुन्छ ।’ अहिलेको गठबन्धन एउटा विश्वासका आधारमा बनाएकाले राष्ट्रपतिको चुनावपछि सबै हुने दाहालले बताए ।
‘हामीले एउटा समझदारी र विश्वासको आधारमा यो नयाँ गठबन्धन बनायौं अब कुनै समस्या वा आशंका गर्ने अवस्था छैन’ दाहालले भने, ‘अब कुनै हतार नगरेर राष्ट्रपति चुनावपछि प्रधानमन्त्रीज्यूले विश्वासको मत लिएपछि मन्त्रिपरिषद बिस्तारसहित सबै काम गरिन्छ ।’ सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग छलफल गरेर मन्त्रीहरुको भागवण्डा लाग्ने दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण