आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्‍यो चुनाव चिन्ह परिवर्तन

बुधबार, १७ फागुन २०७९, १३ : ०१
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ । यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो । 

मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको सो पार्टीका प्रवक्ता मुकुल ढकालले रातोपाटीलाई जानकारी दिए । यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई मान्यता दिएको उनले बताए ।

ghanti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप