मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जहाँ बढी वायु प्रदूषण, त्यहाँ भाँचिरहेका छन् धेरै हड्डी : नयाँ अनुसन्धानमा खुलासा

बुधबार, १७ फागुन २०७९, १७ : २३
बुधबार, १७ फागुन २०७९

तपाईँ जति बढी वायु प्रदूषण भएको सहर वा इलाकामा बस्नुहुन्छ, तपाईँको हड्डी त्यति नै कमजोर हुँदै जान्छ । अस्टियोपोरोसिसजस्तो क्रोनिक रोग बढी लाग्छ । हड्डी यति नाजुक हुनेछन् कि ती सानोतिनो चोटले पनि टुट्न सक्छ । 

उमेर बढेसँगै अस्टियोपोरोसिसको आशङ्का बढ्दै जान्छ । विशेष गरी ती महिलाको जसको रजनोवृत्ति भइसकेको छ । पछिल्लो ६ वर्षदेखि ९०४१ महिलाको डाटा सङ्कलन गरिँदै थियो । उनीहरू ती महिला थिए जसको रजनोवृत्ति भइसकेको थियो । यो अनुसन्धानको क्रममा वैज्ञानिकले ती महिलाको हड्डीमा खनिजको घनत्वबारे शोध गरे । अर्थात् मिनरल्सको डेन्सिटीको परीक्षण ।

वैज्ञानिकले यी महिलाको घरको आसपास नाइट्रिक अक्साइड, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र पिएम १० को परीक्षण गरे । साथै यी महिलाको रेड ब्लड सेल (आरबीसी) को व्यास पनि परीक्षण गरे । अर्थात् उनीहरूको सही स्वास्थ्यको परीक्षण गरियो । परीक्षणपश्चात् के पत्ता लाग्यो भने जुन इलाकामा यी विषालु ग्यास र प्रदूषणको स्तर बढी थियो, ती इलाकामा महिलाको हड्डी असाध्यै कमजोर थियो । विशेष गरी घाँटी, मेरुदण्ड र घुँडाको ।

जहाँ बढी प्रदूषण त्यहाँ बढी कमजोर हड्डी

न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीका बायो मेडिकल साइन्टिस्ट प्राध्यापक डाक्टरले कुनै पनि व्यक्तिको हड्डीको मजबुती उसको खानपिनमा मात्रै निर्भर नहुने बताउँदै ती व्यक्ति कहाँ बस्छन्, मौसम कस्तो छ भन्ने कुराको पनि ठुलो योगदान हुने जानकारी दिए । जुन सहरमा बढी वायु प्रदूषण हुन्छ, त्यहाँ हड्डी भाँच्चिने खतरा बढी हुन्छ । हड्डीको शक्ति दिन प्रतिदिन कम हुँदै जान्छ ।

नाइट्रोजन अक्साइडले भइरहेको छ ठुलो क्षति

प्राध्यापक डाक्टरको शोधका अनुसार नाइट्रोजनसँग सम्बन्धित प्रदूषणकारी तत्त्वको सीधा असर तपाईँको मेरुदण्डको हड्डीमा हुन्छ । पछिल्लो तीन वर्षमा नाइट्रोजनसँग सम्बन्धित प्रदूषणकारी तत्त्वका कारण मेरुदण्डको हड्डीको समस्यामा १० प्रतिशतको वृद्धि भएको छ । मेरुदण्डको हड्डीमा खनिजको घनत्व १.२२ प्रतिशत कम भएको छ ।

वायु प्रदूषणका कारण हड्डीको कोशिका निकै छिटो मर्न थाल्छ ।  अक्सिडेटिभ स्ट्रेस बन्छ, जसका कारण हड्डीमा विषालु तत्त्व घुल्न थाल्छ । तर पहिलो पटक डिडियर प्राडाको समूहले यो कुराको प्रमाण भेटेको छ कि नाइट्रोजन अक्साइडका कारण मेरुदण्डको हड्डीसमेत शरीरका अन्य अड्डीमा धेरै क्षति पुग्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप