मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु

सोमबार, ०२ असार २०८२, १३ : १९
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • आइतबार इरानले गरेको आक्रमणमा इजरायलमा पाँच जनाको मृत्यु भएको छ, जसमा दुई महिला र दुई पुरुष छन्।
  • आक्रमणमा घाइते भएका ९२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।
  • इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा देशभर २२४ जनाको मृत्यु भएको छ।

तेल अभिभ । आइतबार राति इरानले गरेको आक्रमणमा परेर पाँच जनाको मृत्यु भएको इजरायली आपतकालीन सेवाले बताएको छ । यस आक्रमणमा घाइते भएका ९२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । 

शुक्रबारदेखि इरानी आक्रमणमा इजरायलमा मृत्यु हुनेको सङ्ख्या बढेर कम्तीमा १९ पुगेको इजरायली आपतकालीन सेवाले बताएको छ । दुवै देशले शुक्रबारदेखि नै एक अर्कामाथि आक्रमण गर्न थालेका थिए ।

यसैबिच, इरानको स्वास्थ्य मन्त्रालयले आइतबार इजरायली आक्रमणमा देशभर २२४ जनाको मृत्यु भएको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप