इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु
सोमबार, ०२ असार २०८२, १३ : १९
सारांश
- आइतबार इरानले गरेको आक्रमणमा इजरायलमा पाँच जनाको मृत्यु भएको छ, जसमा दुई महिला र दुई पुरुष छन्।
- आक्रमणमा घाइते भएका ९२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।
- इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा देशभर २२४ जनाको मृत्यु भएको छ।
तेल अभिभ । आइतबार राति इरानले गरेको आक्रमणमा परेर पाँच जनाको मृत्यु भएको इजरायली आपतकालीन सेवाले बताएको छ । यस आक्रमणमा घाइते भएका ९२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।
शुक्रबारदेखि इरानी आक्रमणमा इजरायलमा मृत्यु हुनेको सङ्ख्या बढेर कम्तीमा १९ पुगेको इजरायली आपतकालीन सेवाले बताएको छ । दुवै देशले शुक्रबारदेखि नै एक अर्कामाथि आक्रमण गर्न थालेका थिए ।
यसैबिच, इरानको स्वास्थ्य मन्त्रालयले आइतबार इजरायली आक्रमणमा देशभर २२४ जनाको मृत्यु भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण