बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एक करोड १० लाख बराबरका गरगहनासहित तीनजना पक्राउ

बुधबार, १७ फागुन २०७९, २० : २९
बुधबार, १७ फागुन २०७९

चितवन । चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश  बलिया जिल्लाका ४२ वर्षीय विनोद प्रसाद, कारमा सवार भारतको पश्चितम बंगाल हौडा जिल्लाका ५१ वर्षीय गणपत कुमार तोसावर र कारमा सवार सोही स्थानका ४२ वर्षीय नरेश बर्मा रहेका छन् ।

कारमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनका गरगहना ६३.८९८ तोला र हिराजडित गरगहना २२.८७८ तोला बरामद गरिएको छ । उक्त गरगहनाको अनुमानित मूल्य एक करोड १० लाख बराबरको रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप