एक करोड १० लाख बराबरका गरगहनासहित तीनजना पक्राउ
बुधबार, १७ फागुन २०७९, २० : २९
चितवन । चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश बलिया जिल्लाका ४२ वर्षीय विनोद प्रसाद, कारमा सवार भारतको पश्चितम बंगाल हौडा जिल्लाका ५१ वर्षीय गणपत कुमार तोसावर र कारमा सवार सोही स्थानका ४२ वर्षीय नरेश बर्मा रहेका छन् ।
कारमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनका गरगहना ६३.८९८ तोला र हिराजडित गरगहना २२.८७८ तोला बरामद गरिएको छ । उक्त गरगहनाको अनुमानित मूल्य एक करोड १० लाख बराबरको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण