भूकम्पपछि टर्कीमा चुनावको तयारी
अनकारा । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशमा मे १४ मा चुनाव हुन सक्ने संकेत गरेका छन् । अर्दोआन चुनाव गराउने आफ्नो पहिलेको घोषणामा दृढ छन्।
टर्कीमा गएको भूकम्पपछि तोकिएकै समयमा निर्वाचन हुनेमा विभिन्न किसिमको आशंका व्यक्त गरिएको थियो । यस भयानक भूकम्पमा ४५ हजार मानिसको मृत्यु भएको छ ।
अर्दोआनले बुधबार यसबारेमा भने, ‘मे १४ मा देशले जे आवश्यक छ त्यही गर्नेछ जहाँ भवनहरू ढलेका छन्, हामी अझ राम्रो भवनहरू निर्माण गर्नेछौँ। जनताको मन जितेर जनताको नयाँ भविष्य निर्माण गर्नेछौं ।’
टर्कीको आगामी निर्वाचनलाई अर्दोआनको सबैभन्दा ठूलो राजनीतिक संकटका रूपमा लिइएको छ । भूकम्प गएदेखि नै यो वर्षको अन्त्यसम्म निर्वाचन सार्ने भनिएको थियो । यसअघि टर्कीमा जुन १८ तारिखमा यी निर्वाचनहरू हुनुपर्ने थियो ।
भूकम्पअघि अर्दोआनको लोकप्रियतामा लगातार कमी आएको थियो । यसको कारण बढ्दो मुद्रास्फीति, टर्की मुद्रा लिरा मा गिरावट थियो। अर्दोआनको २० वर्ष पहिले सत्तामा आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण