मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपछि टर्कीमा चुनावको तयारी

बिहीबार, १८ फागुन २०७९, ०८ : ३१
बिहीबार, १८ फागुन २०७९

अनकारा । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशमा मे १४ मा चुनाव हुन सक्ने संकेत गरेका छन् । अर्दोआन चुनाव गराउने आफ्नो पहिलेको घोषणामा दृढ छन्। 

टर्कीमा गएको भूकम्पपछि तोकिएकै समयमा निर्वाचन हुनेमा विभिन्न किसिमको आशंका व्यक्त गरिएको थियो । यस भयानक भूकम्पमा ४५ हजार मानिसको मृत्यु भएको छ ।

अर्दोआनले बुधबार यसबारेमा भने, ‘मे १४ मा देशले जे आवश्यक छ त्यही गर्नेछ जहाँ भवनहरू ढलेका छन्, हामी अझ राम्रो भवनहरू निर्माण गर्नेछौँ। जनताको मन जितेर जनताको नयाँ भविष्य निर्माण गर्नेछौं ।’

टर्कीको आगामी निर्वाचनलाई अर्दोआनको सबैभन्दा ठूलो राजनीतिक संकटका रूपमा लिइएको छ । भूकम्प गएदेखि नै यो वर्षको अन्त्यसम्म निर्वाचन सार्ने भनिएको थियो । यसअघि टर्कीमा जुन १८ तारिखमा यी निर्वाचनहरू हुनुपर्ने थियो ।

भूकम्पअघि अर्दोआनको लोकप्रियतामा लगातार कमी आएको थियो । यसको कारण बढ्दो मुद्रास्फीति, टर्की मुद्रा लिरा मा गिरावट थियो। अर्दोआनको २० वर्ष पहिले सत्तामा आएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप