अमिताभ–धर्मेन्द्रको घरलाई बमले उडाइदिने धम्की, मुम्बई प्रहरीले बढायो सेलिब्रिटीको घरको सुरक्षा
बलिउड अभिनेता अमिताभ बच्चन, धर्मेन्द्र र व्यापारी मुकेश अम्बानीको घरलाई बमले उडाइदिने धम्की पाएको छ । नागापुर पुलिस कन्ट्रोल रुममा आइतबार एक अपरिचित व्यक्तिले फोन गरे र तीन सेलिब्रिटीको घरलाई बमले उडाइदिने धम्की दिए । ती व्यक्तिले मुम्बईको दादरमा हतियारले सुसज्जित २५ जना आइसकेको र उनीहरुले आतङ्ककारी घटना गराउने दाबी फोनमार्फत गरे ।
टाइम्स अफ इन्डियासँगको कुराकानीमा मुम्बई प्रहरीले फोन आउने बित्तिकै आफूहरूले बम स्क्वाड टिमलाई यी सेलिब्रिटीको घरको अनुसन्धानका लागि पठाएको जानकारी दिए । यद्यपि, अनुसन्धानको क्रममा केही पनि नभेटिएको उनले बताए ।
यसैबीच मुम्बई प्रहरीले अमिताभ र धर्मेन्द्रको घरको सुरक्षा बढाइदिएको छ ।
फोन गर्ने व्यक्तिको खोजीमा जुट्यो मुम्बई प्रहरी
फोन आएपछि नै नागपुर पुलिस कन्ट्रोल रुमले मुम्बई पुलिसलाई हाई अलर्ट मेसेज पठाएको छ । मुम्बई प्रहरीले तत्काल तीन व्यक्तित्वहरूको घरको अनुसन्धान गरे जसमा बम जस्ता कुनै सन्दिग्ध सामान भेटिएन । प्रहरीले फोन गर्नेहरूको अनुसन्धानमा जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण