राष्ट्र बैंकले अवकाश कोषको २४ करोड ब्याजमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम निक्षेपको रुपमा एक वर्षका लागि क, ख र ग वर्गका बैंकहरुमा राख्न चाहेको हो ।
बैंकको सूचना अनुसार क वर्गको वाणिज्य बैंकमा १९ करोड १० लाख रुपैयाँ राखिनेछ भने ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाहरुमा क्रमशः ३ करोड ६० लाख रुपैयाँ र १ करोड २० लाख रुपैयाँ निक्षेप राखिनेछ ।
२०७९ चैत १ गतेदेखि राखिने निक्षेप २०८० चैत १ गते (कूल ३६६ दिन) परिपक्क हुनेछ ।
इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले चाहेको निक्षेपका लागि फागुन १७ गतेदेखि फागुन १९ गते बेलुका ७ बजेसम्म ब्याजदरसहित चाहेको रकम प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ ।
तर, यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र कुल कर्जा सापटीको ५ प्रतिशत खराब कर्जा (एनपीएल) नकटेको हुनुपर्ने केन्द्रीय बैंकले सर्त राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण