शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले अवकाश कोषको २४ करोड ब्याजमा लगानी गर्ने

बिहीबार, १८ फागुन २०७९, १४ : ०८
बिहीबार, १८ फागुन २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम निक्षेपको रुपमा एक वर्षका लागि क, ख र ग वर्गका बैंकहरुमा राख्न चाहेको हो । 

बैंकको सूचना अनुसार क वर्गको वाणिज्य बैंकमा १९ करोड १० लाख रुपैयाँ राखिनेछ भने ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाहरुमा क्रमशः ३ करोड ६० लाख रुपैयाँ र १ करोड २० लाख रुपैयाँ निक्षेप राखिनेछ । 

२०७९ चैत १ गतेदेखि राखिने निक्षेप २०८० चैत १ गते (कूल ३६६ दिन) परिपक्क हुनेछ । 

इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले चाहेको निक्षेपका लागि फागुन १७ गतेदेखि फागुन १९ गते बेलुका ७ बजेसम्म ब्याजदरसहित चाहेको रकम प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ । 

तर, यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र कुल कर्जा सापटीको ५ प्रतिशत खराब कर्जा (एनपीएल) नकटेको हुनुपर्ने केन्द्रीय बैंकले सर्त राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप