शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : उद्घाटन खेलमा विद्यार्थीहरूलाई निःशुल्क प्रवेश

शुक्रबार, १९ फागुन २०७९, ०८ : ५८
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा हुने सहिद स्मारक ए डिभिजन लिगको आज हुने उद्घाटन खेल खुमालटार एफसी र फ्रेन्ड्स क्लबले खेल्दै छन्। खेल बेलुकी ५ः३० त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा सुरु हुने छ। 

उद्घाटन समारोहको प्रमुख अतिथि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह रहने छन् । उद्घाटन खेलमा एमडीएसी स्पोर्ट्स र टिकेटिङ्ग पार्टनर ईएसेवाले सहकार्य गर्दै विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । 

 हरेक स्कुल र कलेजका विद्यार्थीहरूले परिचयपत्र देखाएर साधारण प्यारापिट तर्फ निःशुल्क प्रवेश गर्न सक्ने एमडीएसी स्पोर्ट्सका  प्रमुख कार्यकारी अधिकृत  अर्जुन घिमिरेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप