ए डिभिजन लिग : उद्घाटन खेलमा विद्यार्थीहरूलाई निःशुल्क प्रवेश
शुक्रबार, १९ फागुन २०७९, ०८ : ५८
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा हुने सहिद स्मारक ए डिभिजन लिगको आज हुने उद्घाटन खेल खुमालटार एफसी र फ्रेन्ड्स क्लबले खेल्दै छन्। खेल बेलुकी ५ः३० त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा सुरु हुने छ।
उद्घाटन समारोहको प्रमुख अतिथि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह रहने छन् । उद्घाटन खेलमा एमडीएसी स्पोर्ट्स र टिकेटिङ्ग पार्टनर ईएसेवाले सहकार्य गर्दै विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
हरेक स्कुल र कलेजका विद्यार्थीहरूले परिचयपत्र देखाएर साधारण प्यारापिट तर्फ निःशुल्क प्रवेश गर्न सक्ने एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण