शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पेबाट होली कार्यक्रमको टिकट खरिद गर्न सकिने

शुक्रबार, १९ फागुन २०७९, १८ : २६
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ। आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरूसँग आबद्ध भई सो इभेन्टहरूको टिकट प्रदायकको रूपमा रहने जानकारी सार्वजनिक गरेको छ । आइएमई पेमा  ग्राहकहरुले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन् । 

कलरेल्ला, अन्नपूर्ण होटल, कलर स्प्ल्यास, द मल्ल होटल र होली फिएस्ता २०२३, सिद्धार्थ बुटिक होटलका टिकट आइएमई पेबाट खरिद गर्न सकिनेछ ।

यी इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्य भन्दा थोरै मूल्यमा पाउन सक्नुहुन्छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप