८ दलीय गठबन्धनमा राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति भएको छ : नेता भण्डारी
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरदसिंह भण्डारीले ८ दलीय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको स्पष्ट पारेका छन् ।
जनकपुरधाममा ८ दलीय सत्ता गठबन्धनको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट पारेका हुन् । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि ८ दलीय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताए । उनले सञ्चारमाध्यममा उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरू, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको बताए ।
भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नका लागि समेत बनेको बताए । उनले यसअघिको सत्ता गठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दाबी गरे । शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको भनाई थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउनका लागि नेपाली कांग्रेस आफैँ इमान्दार हुनु आवश्यक रहेको बताए । उनले राष्ट्रपति उम्मेदवारलाई गठबन्धनले जिताउन कांग्रेसका नेताहरु नै इमन्दार हुनुपर्ने बताए ।
अभिमुखिकरण कार्यक्रममा ८ दलीय गठबन्धनमा आबद्ध ८ वटै दलका नेताहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण