८ दलीय गठबन्धनमा राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति भएको छ : नेता भण्डारी

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरदसिंह भण्डारीले ८ दलीय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको स्पष्ट पारेका छन् ।
जनकपुरधाममा ८ दलीय सत्ता गठबन्धनको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट पारेका हुन् । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि ८ दलीय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताए । उनले सञ्चारमाध्यममा उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरू, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको बताए ।
भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नका लागि समेत बनेको बताए । उनले यसअघिको सत्ता गठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दाबी गरे । शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको भनाई थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउनका लागि नेपाली कांग्रेस आफैँ इमान्दार हुनु आवश्यक रहेको बताए । उनले राष्ट्रपति उम्मेदवारलाई गठबन्धनले जिताउन कांग्रेसका नेताहरु नै इमन्दार हुनुपर्ने बताए ।
अभिमुखिकरण कार्यक्रममा ८ दलीय गठबन्धनमा आबद्ध ८ वटै दलका नेताहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
-
च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ