कविता
खुसी खोज्दै हिँड्ने एक पथिक
शनिबार, २० फागुन २०७९, ०८ : १५
हिजोका दिनमा साना कुरामा
खुसी हुने म,
आज आफ्नालाई खुसी पार्न
हजारौँ कोसिस गर्दैछु ।
तर, पनि खै किन
खुसीलाई पर क्षितिजतिरै देख्दैछु
सायद ऊ मसँग
रिसाएछ कि ?
त्यसैले त परैबाट
मलाई गिज्याउँदै,
हेर्दै र मलाई छल्दै
झन् पर भाग्दै छ,
झन् पर लुक्दै छ ।
आज
आफैलाई नियाल्दै सोच्दैछु
म परिवर्तित भएँ कि
समय ?
समयलाई दोष दिन खोज्छु
खै किन सक्दिन,
भाग्यकै खेल सम्झी
कुँडिएको मनलाई
मधुर मुस्कानले सिँगार्दै,
जिउने संकल्प गर्दैछु
त्यसैमा खुसी खोज्दैछु ।
खुसी खोज्दैछु ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण