बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

खुसी खोज्दै हिँड्ने एक पथिक

शनिबार, २० फागुन २०७९, ०८ : १५
शनिबार, २० फागुन २०७९

हिजोका दिनमा साना कुरामा
खुसी हुने म,
आज आफ्नालाई खुसी पार्न
हजारौँ कोसिस गर्दैछु ।

तर, पनि खै किन
खुसीलाई पर क्षितिजतिरै देख्दैछु
सायद ऊ मसँग
रिसाएछ कि ?

त्यसैले त परैबाट
मलाई गिज्याउँदै,
हेर्दै र मलाई छल्दै 
झन् पर भाग्दै छ, 
झन् पर लुक्दै छ ।

आज 
आफैलाई नियाल्दै सोच्दैछु 
म परिवर्तित भएँ कि
समय ?

समयलाई दोष दिन खोज्छु
खै किन सक्दिन,
भाग्यकै खेल सम्झी 
कुँडिएको मनलाई
मधुर मुस्कानले सिँगार्दै,
जिउने संकल्प गर्दैछु 
त्यसैमा खुसी खोज्दैछु । 
खुसी खोज्दैछु ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप