बहराइन र साउदी अरब एसीसी प्रिमियर कपमा छनोट
काठमाडौँ । बहराईन तथा साउदी अरबले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् ।
एसीसी च्यालेन्जर कपको फाइनलमा स्थान बनाएका बहराईन र साउदी अरब छनोट भएका हुन् । च्यालेन्जर कपबाट छनोट भएर दुई टोली प्रिमियर कपमा सहभागी हुने नियम थियो ।
एसीया कपको छनोटको रुपमा रहेको प्रतियोगितामा नेपाल सहित यूएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया यसअघि नै छन् ।
शुक्रबार भएको सेमिफाइनलमा बहराईनले थाईल्याण्डलाई ७८ रनले हराउँदै स्थान बनाएको हो । त्यस्तै साउदी अरबले भुटानलाई ९ विकेटले हराउँदै प्रिमियर कपमा छनोट भयो ।
पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।
आगामी अप्रिलमा एकदिवसीय फम्र्याटमा नेपालमा आयोजना हुने एसीसी प्रिमियर कप पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण