ओखलढुङ्गाको चिसंखुगढीमा बलेरो दुर्घटना
आइतबार, २१ फागुन २०७९, १० : १३
काठमाडौँ । ओखलढुङ्गाको चिसंखुगढीमा बलेरो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार बिहान ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकास्थित दियालेमा भएको दुर्घटनामा सात जना घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिइन् ।
उनका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घटनामा एक जनाको मृत्यु भएको भन्ने जानकारी आए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कुमारीको भनाइ छ । उनले घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको जानकारी दिइन् ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण