शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

होली मनाउन दुबई पुगे सिके राउत

आइतबार, २१ फागुन २०७९, १३ : ३६
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत होली मनाउन दुबई पुगेका छन् । जनमत पार्टीको भातृसंगठन गैरआवासीय मधेशी संघ युएइले आज दुवईमा आयोजना गरेको ‘होली धमाका २०२३’ मा सहभागी हुन राउत त्यहाँ पुगेका हुन् । राउत सो कार्यक्रमका मुख्य अतिथि हुन् ।  होलीको अवसरमा शुभकामना आदान प्रदानका लागि आयोजना गरिएको कार्यक्रममा अध्यक्ष राउत र मधेश प्रदेशका कृषि मन्त्री वसन्त कुशावाहा दुवई आइपुगेको गैरआवासीय मधेशी संघ युएइका अध्यक्ष जगनारायण मण्डलले बताए । कुशवाहा सो पार्टी उपाध्यक्ष समेत हुन् । 

उनीहरुले कार्यक्रममा शुभकमना मन्तव्य मात्र दिने कार्यक्रम रहेको छ । होलीको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको छ । कार्यक्रममा सहभागी हुनेहरुका लागि टिकटको समेत व्यवस्था गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।  दुवईमा विगत सात आठ वर्षदेखि यो होलीको कार्यक्रम आयोजना हुँदै आइरहेको छ ।

कार्यक्रममा राजनीतिक दलको रुपमा सिके राउत सहभागी भएपनि त्यहाँ कुनै पनि राजनीतिक गतिविधि वा मन्तव्य नहुने उनले मडलले बताए । उनले भने, ‘यहाँ कुनै पनि राजनीतिक गतिविधि वा कार्यक्रम गर्न पाइँदैन, यहाँसम्म कि कुनै नेतामाथि कटाक्ष गर्न पनि पाइँदैन त्यही भएर डाक्टर साहब (सिके राउत)ले शुभकामना मन्तव्य मात्र दिनुहुनेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप