मैले धेरै चर्को बोल्दा फाइदा हुँदैन : प्रचण्ड
काठमाडौैँ । प्रधानमन्त्री प्रचण्डले आफूले चर्को बोल्दा धेरै फाइदा नहुने बताएका छन् । आफू प्रधानमन्त्री भएकाले बोल्ने भन्दा गरेर देखाउने पक्षमा रहेको बताए । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धका सहिद र वेपत्ताको पक्षका कामगरी रहेको बताए ।
‘मैले धेरै चर्को भन्न हुँदैन । मैले चर्को बोल्दा धेरै फाइदा हुँदैन । तपाईहरुले भन्दा हुन्छ’ प्रचण्डले भने, ‘म प्रधानमन्त्री भएको हुँदा भन्ने भन्दा पनि गर्ने विचार छ । यो पटक गरेर देखाउन विचार छ । मैलेगरी राखेको छु भन्ने बुझ्नुहोला ।’ जनयुद्धका सहिद र वेपत्ताको सपना साकार पार्न लडि रहेको प्रचण्डले बताए ।
‘म लडिराखेको छु । मैले गरिराखेको छु गर्छु । अहिले सिंहदरबार जाने पनि यहीँ विषयमा केही नयाँ निर्णय गर्न जाने हो । राष्ट्रपति भवन जाने केही नयाँ गर्न जाने हो’ उनले भने, तँपाई र हाम्रो लडाई एउटै छ । लडाईमा विभिन्न देखिए पनि सारमा एउटै छ ।’ सबै माओवादी एक ठाउँमा आउनुपर्यो भनिए पनि धेरै ठुलो विषय भएको प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण