पीएनजीविरुद्ध यूएई ९७ रनमा अल आउट
आइतबार, २१ फागुन २०७९, १४ : २५
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले यूएईद्धारा ९८ रनको लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो ।
यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए । आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए । पीएनजीका लागि राइलि हिरुकेले सर्वाधिक ५ विकेट हात पारे । लिग २ मा युएई ३० खेलमा ३१ अंकका साथ पाँचौं स्थानमा छ । पीएनजीको ३१ खेलमा ७ अंकका साथ पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण