मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो : केपी ओली

आइतबार, २१ फागुन २०७९, २३ : ०६
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् ।  सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०४६ को परिवर्तनपछि समेत मानिसहरू मार्ने क्रम नरोकिएको बताए । 

‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रशंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो’, अध्यक्ष ओलीको भनाइ छ ।  आयोग बनाएर छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको अध्यक्ष ओलीको भनाइ छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए । उनले सशस्त्र जनयुद्धमा पनि धेरै मानिस मारिएको भन्दै २०६३ सालमा बृहत् शान्ति सम्झौतापछि राजतन्त्र हटेको बताए । 

उनले जनयुद्धका नाममा १७ हजार मानिस मारिएकोमा आपत्ति जनाए । उनले यस्तो शिलशिलाको अन्त्य हुनुपर्ने भन्दै कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने स्थिति हुन नहुने बताए ।  ‘राजनीतिलाई छलछाम र षडयन्त्रको खेल नबनाइयोस्,राजनीतिलाई आदर्श र समाज रुपान्तरणको माध्यम बनाइयोस्’, ओलीको भनाइ छ । 

तत्कालीन पञ्चायती सरकारले २०२९ साल फागुन २१ मा वामपन्थी आन्दोलनमा सहभागी ५ नेताहरूलाई जेलबाट निकालेर झापाको सुखानी जंगल लगेर हत्या गरेको थियो । उक्त घटना नेपाली राजनीतिमा सुखानी हत्या काण्डले चिनिन्छ ।  सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी,कृष्ण कुइकेल र नारायण राजवंशीको हत्या भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप