यूएईमाथि पीएनजीको सहज जित, नेपाललाई राहत
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले घरेलु टोली यूएईमिथि सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा पीएनजीले यूएईलाई ५ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दुबईले दिएको ९८ रनको लक्ष्य पछ्याएको पीएनजीले २६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ यूएईका लागि रोहन मुस्तफाले दुई विकेट लिए । त्यस्तै जुनाइद सिद्धगी, जाहोर खान र आयान खानले एक–एक विकेट लिए ।
यसअघि पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा यूएईले ९८ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो ।
यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए । आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए ।
पीएनजीका लागि राइलि हिरुकेले सर्वाधिक ५ विकेट हात पारे । जितसँगै पीएनजीको ३२ खेलमा ९ अंकका साथ पुछारमा छ । पराजित युएई ३१ खेलमा ३१ अंकका साथ पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण