पाकिस्तानमा सडक दुर्घटना : ७ जनाको मृत्यु २३ घाइते
इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा सात जनाको भएको छ भने २३ जना घाइते भएका छन् ।
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको झोब जिल्लामा शनिबार साँझ कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको उद्धार सेवाले सञ्चारमाध्यमलाई बताएको छ ।
प्राप्त जानकारी अनुसार जिल्लाको मुगलकोट प्रहरी चौकी नजिकै सिमेन्ट बोकेको ट्रकमा कपडा बोकेको कन्टेनर ब्रेक फेल भएर ठोक्किएको हो ।
यसैगरी गिलगिट(बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास सहर नजिकै एउटा बस खाल्डोमा खस्दा आइतबार तीन यात्रुको मृत्यु भएको थियो र २३ जना घाइते भएका छन् ।
उक्त दुर्घटना घटना क्षेत्रको हुडुर क्षेत्रमा काराकोरम राजमार्गमा भएको बताइएको छ।
दुर्घटनाग्रस्त बस पूर्वी पञ्जाब प्रान्तको रावलपिंडी शहरबाट गिलगिट(बाल्टिस्तानको स्कार्दु जिल्लातर्फ जाँदै थियो। -(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण