१४ लाख भारुसहित महोत्तरीबाट ९ जना पक्राउ
महोत्तरी । महोत्तरीको जलेश्वरबाट प्रहरीले १४ लाख भारतीय रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा बजारमा अवैध रुपमा नेपाली नोटबाट भारतीय नोट सटही गर्ने ९ जनालाई सोमबार महोत्तरी प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका ३ का ४३ वर्षीय जितेन्द्रकुमार सिंह, वर्ष ४० का सुशिल साह, १९ वर्षीय धिरज मण्डल, ३२ वर्षीय जिलानी अंसारी, वर्ष ३४ का अकवर अंसारी, वर्ष ५६ का रामएकवाल मण्डल, जलेश्वर २ का ३४ वर्षीय सरोजकुमार साह, २७ वर्षीय आनन्दकुमार र भारत बिहार, मोतिहारी जिल्ला मोठलिईया हरसिद्दी थाना ३ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार महतो छन् ।
उनीहरुको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ १४ लाख ३७ हजार ६४० र नेपाली रुपैयाँ ८२ हजार २०५ बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसी सन्तोष पोखरेलले जानकारकी दिए । विदेशी विनियम ऐन २०१९ अन्तर्गत आवश्यक कारवाहीको लागि उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण