आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, २३ फागुन २०७९, १० : ५२
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो । हिजो सोमबार होली पर्वका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।
महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।
साताको आइतबार छापावाल सुनको मूल्य १ लाख २ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २६५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण