ज्याकलिनलाई सुकेशको जेलभित्रबाट पत्र : भने, ‘तिम्रो लागि जुनसुकै हदसम्म जानेछु’
२०० करोड भारुको ठगी मामिलामा जेलमा बन्द सुकेश चन्द्रशेखरले नायिका ज्याकलिन फर्नान्डिसलाई पत्र लेखेर होलीको बधाई दिएका छन् । यो पत्रमा उनले लेखेका छन्, ‘म सबैभन्दा शानदार, अमेजिङ र ब्युटिफुल व्यक्ति ज्याकलिनलाई होलीको शुभकामना दिन्छु । रङको यो पर्वमा म बचन दिन्छु कि जुन रङ फिक्का परेका छन् वा गायब भएका छन्, त्यो सय गुणा भएर तिमी भए ठाउँ आउनेछन् ।’
ज्याकलिनलाई भने, ‘तिमीलाई थाहा छ, तिमी मेरो लागि कति महत्त्वपूर्ण छौ’
सुकेशले पत्रको सुरुमा मिडियालाई सम्बोधन गरेका छन् । उनले लेखेका छन्, ‘म सबैभन्दा पहिला मिडियाका साथीहरूलाई उनीहरूको समर्थनका लागि र सधैँ मेरो भनाई सार्वजनिक गरिदिएकोमा धन्यवाद दिन चाहन्छु ।’
त्यसपछि उनले ज्याकलिनका लागि लेखे । उनले ज्याकलिनका लागि विभिन्न उपनाम प्रयोग गर्दै लेखेका छन्, ‘बेबी गर्ल, तिमीलाई थाहा छ, म तिम्रो लागि कति हदसम्म जानेछु । म तिमीलाई माया गर्छु बेबी, सधैँ मुस्कुराइरहनु । तिमीलाई राम्रोसँग थाहा छ कि तिमी मेरा लागि के हौ र कति महत्त्वपूर्ण छौ । लभ यु माई प्रिन्सेस । मेरी बी, मेरी बोम्मा, मेरी प्यारी, मेरी ज्याकी– म तिमीलाई असाध्यै मिस गर्छु ।’
दुस्मनलाई पनि दिए बधाई, चिठ्ठीमा लेखे मंडोली जेलका ठेगाना
सुकेशले परिवार, समर्थक, साथी, हेटर्स, दुस्मन र आफ्नो कानुनी टोलीलाई होलीको शुभकामना दिए । यो पत्र सुकेशले आफ्ना वकिलमार्फत पठाएका हुन् । यसमा उनले मंडोली जेलको ठेगाना लेखेका छन् । सुकेशले यसअघि भ्यालेन्टाइन डेमा पनि ज्याकलिनलाई शुभकामना सन्देश पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण