शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९ दलीय गठबन्धनलाई विस्तार गरेर लगिन्छ : कांग्रेस उपसभापति खड्का

मङ्गलबार, २३ फागुन २०७९, १८ : ५५
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यधिक मतले जित्ने दाबी गरेका छन् । 

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गरेका हुन् ।  उनले  गठबन्धनकै बलमा आगामी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र बिस्तार गर्दै जाने बताए । 

उनले भने, ‘आजको बैठक हामीले २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा ९ दलको तर्फबाट साझा उम्मेदवारको रूपमा प्रस्तुत गरिएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलजीलाई अघि सारेका छौँ । प्राविधिक तयारीको कुरा हो । यो निर्वाचन परिचालनसँग जोडिएको संयन्त्र बनाएका छौँ । ९ दलको तर्फबाट एउटा संयन्त्र बनाएका छौँ । त्यही समितिको बैठक बस्यौँ । त्यही व्यवस्थापन सम्बन्धीका बारेमा छलफल गरेका छौँ । राष्ट्रपतिको मतदान गराउँदै छौँ । गठबन्धन त अघि बढिसक्यो । सबैले सहयोग गरेर अत्याधिक मतले जित्नुहुन्छ । त्यसकै जगमा यसलाई बिस्तार र व्यापक गर्दै अघि जान्छौँ । अत्याधिक मतले हामी जित्छौँ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए । 

सरकार बिस्तारको बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप