जनकपुरमा आज होली मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लाहरूमा मंगलबार नै होली मनाईए पनि जनकपुरधाम लगायत आसपासका क्षेत्रहरूमा आज धूमधामका साथ मनाइँदै छ । बिहानैदेखि नगरको विभिन्न स्थानमा युवायुवतीहरू एक अर्कालाई रङ्ग अबीर दली होली पर्व मनाइरहेका छन् ।
१५ दिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका बुधबार मनाउन लागिएको हो ।
होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ ।
होलीका लोकगीत, सङ्गीतले आज बिहानैदेखि जनकपुरधाम गुञ्जायमान भएको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने पारामा जिस्क्याउने प्रचलन छ ।
फागु पूर्णिकाको दिन आफ्नो कुल देवतालाई अबीर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुसीयाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एक अर्कालाई अँगालो मारी माया–प्रेम बाँड्ने चलन छ ।
दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एक अर्कालाई अबीर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।
मधेसको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्नेर भ्रातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ ।
होली हिन्दुहरूको प्राचीन पर्व हो । यस अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?
-
ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची