नेपाललाई पीएनजीविरुद्ध सहज जितको अपेक्षा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज बिहीबार नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।
नेपाल र पीएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ । नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ । आजको खेलमा नेपालले सहज जित निकाल्दा नेपाललाई बाँकी तीन खेल जित्न पनि हौसला मिल्नेछ ।
नेपालले घरेलु मैदानमा हुने चार खेल जितेमा लिग–२ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाउनेछ । नेपालले पीएनजीसँग घरेलु मैदानमा तेस्रो पटक एकदिवसीय क्रिकेट खेल्दै छ । यो तीनै खेलमा पीएनजीले नेपाललाई हराएको छ ।
नेपालले अज दोस्रो खेल फागुन २ मा यूएईसँग खेल्नेछ । विश्वकप लिग–२ नेपाल ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण