माइखोलाको आईपीओ बिक्री खुला
बिहीबार, २५ फागुन २०७९, १० : ४५

काठमाडौँ । माइखोला हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयकासँगै वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत सेयर आयोजना प्रभावितका लागि छुट्याएको छ । यसअनुसार ३ लाख ९२ हजार १५७ कित्ता सेयरमा स्थानीयले आवेदन दिन पाउनेछन् ।
यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ लाख ४२ हजार ९४१ कित्ता सेयर छुट्याइएको कम्पनीले जानकारी दिएको छ । सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयरमा चैत ९ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान
-
माधव—प्रचण्डलाई ओलीको कटाक्ष : जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु
-
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ