माइखोलाको आईपीओ बिक्री खुला
बिहीबार, २५ फागुन २०७९, १० : ४५
काठमाडौँ । माइखोला हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयकासँगै वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत सेयर आयोजना प्रभावितका लागि छुट्याएको छ । यसअनुसार ३ लाख ९२ हजार १५७ कित्ता सेयरमा स्थानीयले आवेदन दिन पाउनेछन् ।
यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ लाख ४२ हजार ९४१ कित्ता सेयर छुट्याइएको कम्पनीले जानकारी दिएको छ । सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयरमा चैत ९ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण