बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

धुम्बाराहीबाट १० जना जुवाडे पक्राउ

बिहीबार, २५ फागुन २०७९, १२ : ०९
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ धुम्बराहीबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । धुम्बाराहीस्थित ‘लामा खाज घर’ मा सञ्चालित जुवा खालबाट १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काभ्रे पाँचखाल नगरपालिका–१ घर भएका ४३ वर्षीय धनबहादुर तामाङको लामा खाजा घरबाट आरोपीहरु पक्राउ परेका हुन् । प्रहरी वृत्त महारागञ्जबाट खटिएको प्रहरीले खालबाट २ लाख ९४ हजार ५५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप