शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भुम्लु गाउँपालिकाले एसईईमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई १ लाख पुरस्कार दिने

बिहीबार, २५ फागुन २०७९, १३ : २४
बिहीबार, २५ फागुन २०७९

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृत नतिजा ल्याउने विद्यार्थीलाई १ लाख रूपैयाँ पुरस्कार दिने भएको छ । गाउँपालिकाको शिक्षा समितिको निर्णय अनुसार २०७९ को एसईई परीक्षामा सम्पूर्ण विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थीहरूलाई १/१ लाख रूपैयाँ पुरस्कार दिने भएको हो । 

त्यस्तै पालिकाका उत्कृष्ठ एक छात्र र एक छात्रालाई पनि १ लाख रूपैयाँ प्रोत्साहन स्वरूप दिने निर्णय गरेको हो । विषय शिक्षकलाई प्रोत्साहन स्वरूप २५ हजार रूपैयाँ दिइनेछ । त्यसका लागि विद्यालयगत औषत गणना गरेर उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयको शिक्षक हुनुपर्नेछ । 
उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी र शिक्षकलाई प्रोत्साहन स्वरूप उक्त पुरस्कार दिन लागिएको गाउँपालिकाको शिक्षा अधिकृत प्रेमकुमार पुरीले बताए । 

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि सञ्चालन गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप