भुम्लु गाउँपालिकाले एसईईमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई १ लाख पुरस्कार दिने
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृत नतिजा ल्याउने विद्यार्थीलाई १ लाख रूपैयाँ पुरस्कार दिने भएको छ । गाउँपालिकाको शिक्षा समितिको निर्णय अनुसार २०७९ को एसईई परीक्षामा सम्पूर्ण विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थीहरूलाई १/१ लाख रूपैयाँ पुरस्कार दिने भएको हो ।
त्यस्तै पालिकाका उत्कृष्ठ एक छात्र र एक छात्रालाई पनि १ लाख रूपैयाँ प्रोत्साहन स्वरूप दिने निर्णय गरेको हो । विषय शिक्षकलाई प्रोत्साहन स्वरूप २५ हजार रूपैयाँ दिइनेछ । त्यसका लागि विद्यालयगत औषत गणना गरेर उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयको शिक्षक हुनुपर्नेछ ।
उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी र शिक्षकलाई प्रोत्साहन स्वरूप उक्त पुरस्कार दिन लागिएको गाउँपालिकाको शिक्षा अधिकृत प्रेमकुमार पुरीले बताए ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि सञ्चालन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण