स्ववियु निर्वाचनमा त्रिविका आंगिक क्याम्पसमा १ लाख ६१ हजार विद्यार्थीले भोट हाल्ने
काठमाडौँ । चैत ५ गते हुन गइरहेको त्रिवि स्ववियु निर्वाचनमा १ लाख ६१ हजार भन्दा बढी विद्यार्थीले भोट हाल्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालयका देशभरका ६२ वटा आंगिक क्याम्पसहरूमा १ लाख ६१ हजार ४५४ जना विद्यार्थीको नाम सार्वजनिक गरिएको छ ।
जसमा उपत्यका बाहिर ९४ हजार ८०८ जना र उपत्यकाभित्र ६६ हजार ६४६ जना विद्यार्थी मतदाता रहेका छन् । तीमध्ये सिराहामा रहेको सुर्य नारायण सत्यनारायण मोरभेता यादव बहुमुखी क्याम्पस र काठमाडौँ घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पस घण्टाघरको मतदाता संख्या सार्वजनिक गर्न बाँकी रहेको छ । ती दुवै क्याम्पसहरूमा विवाद भएपछि मतदाता नामावली सार्वजनिक हुन नसकेको हो ।
सबैभन्दा बढी विद्यार्थी पोखराको पृथ्वीनारायण क्याम्पसमा रहेका छन् । जहाँ १० हजार ८७० जना विद्यार्थीहरू छन् । त्यसपछि सबैभन्दा बढी विद्यार्थी वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा छन् । जहाँ १० हजार २६२ जना विद्यार्थी रहेका छन् । सबैभन्दा कम विद्यार्थी रामपुर चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा रहेका छन् । जहाँ ७१ जना मात्रै मतदाता विद्यार्थी रहेका छन् । त्यस्तै वीरगञ्जको नर्सिंङ क्याम्पसमा १५६ जना मतदाता विद्यार्थी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण