पत्रकार चौधरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
काठमाडौँ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यसमिति सदस्य तथा एपिवान टेलिभिजनका संवाददाता नवीन चौधरीलाई साङ्घातिक आक्रमण गर्नेलाई कारबाही गर्न महासंघले माग गरेको छ ।
महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । महासंघ पत्रकारलाई असुरक्षित र त्रसित बनाउने यो घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षित र निर्भयका साथ काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’
महासंघ महोत्तरी शाखाका अनुसार फागुन २४ गते बुधबार महोत्तरीको जलेश्वर नगरपालिका–५ स्थित चौरिया गाउँमा मदिरा सेवन गरेको अज्ञात समूहले पत्रकार चौधरीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्नुका साथै सिसाको बोतलले टाउकोमा प्रहार गरेका थिए । आक्रमणबाट पत्रकार चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण