राष्ट्रपति चुनावको मतगणना साढे ३ बजेदेखि, आजै प्रमाणपत्र दिइने
काठमाडौँ । संघीय संसद् भवनमा जारी राष्ट्रपति पदको निर्वाचनको मतगणना आजै सम्पन्न गरी विजेतालाई प्रमाणपत्रसमेत प्रदान गरिने भएको छ । राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधि तथा निर्वाचन आयोगका सदस्यबीच भएको छलफलमा सो सहमति भएको हो ।
नेम्वाङका प्रतिनिधि रहेका सांसद महेशकुमार बर्तौलाले आयोगसँगको छलफलमा मतगणनाका मापदण्डका विषयमा छलफल भएको जानकारी दिए । उनले भने, ‘रामचन्द्रजीका प्रतिनिधि रमेश लेखकसहितको बैठकले कस्ता कस्ता मत बदर गर्ने, कस्ता मतलाई सदर गर्ने विषयमा छलफल भयो । यसअनुसार स्वस्तिक छापबाहेक मत सङ्केत गरेका मतपत्र बदर हुने सहमति भएको छ । त्यस्तै, मतपत्रको बाकस बाहेक अन्य ठाउँमा सङ्केत गरिएको मतपत्र पनि बदर हुने भएको छ ।
बर्तौलाका अनुसार साढे ३ बाट मतगणना सुरु हुनेछ । मतगणनास्थलमा संघीय संसद् र प्रदेशसभाको मतगणना फरक–फरक स्थानमा गरिनेछ । जसमा दुवै उम्मेदवारका १–१ जना प्रतिनिधि हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण