शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा गोलीकाण्ड : चार जनाको मृत्यु, छ घाइते

बिहीबार, २५ फागुन २०७९, २१ : ०२
बिहीबार, २५ फागुन २०७९

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको एक विद्यालय बाहिर बिहीबार भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

प्रान्तको बन्नू जिल्लामा दुई समूहबीच भएको सशस्त्र झडपमा एक प्रहरी र एक विद्यार्थीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

घाइते विद्यार्थीसहित अन्यलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् । 

घटनापछि झडपमा सम्लग्न दुवै समूहका व्यक्ति फरार भएका छन् भने प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको बताएको छ । 

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सुरक्षाकर्मी र विपक्षी समूहहरूबीच झडपका घटना पछिल्ला केही महिना बढेका छन् । यद्यपि बिहीबारको घटनाको समाचार तयार पार्दासम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप