पाकिस्तानमा गोलीकाण्ड : चार जनाको मृत्यु, छ घाइते
बिहीबार, २५ फागुन २०७९, २१ : ०२
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको एक विद्यालय बाहिर बिहीबार भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
प्रान्तको बन्नू जिल्लामा दुई समूहबीच भएको सशस्त्र झडपमा एक प्रहरी र एक विद्यार्थीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
घाइते विद्यार्थीसहित अन्यलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
घटनापछि झडपमा सम्लग्न दुवै समूहका व्यक्ति फरार भएका छन् भने प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको बताएको छ ।
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सुरक्षाकर्मी र विपक्षी समूहहरूबीच झडपका घटना पछिल्ला केही महिना बढेका छन् । यद्यपि बिहीबारको घटनाको समाचार तयार पार्दासम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण