बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

H3N2 भाइरसको फ्लु सङ्क्रमण के हो ? यसबाट कसरी बच्न सकिन्छ ?

शुक्रबार, २६ फागुन २०७९, १२ : २९
शुक्रबार, २६ फागुन २०७९

हालै इन्फ्लुएन्जा ‘ए’ भाइरसको एचथ्रीएनटु (H3N2)  सब–टाइपका कारण हुने फ्लुको सङ्क्रमण भारतमा उच्च देखिएको छ ।

यो भाइरसमा कोभिड–१९ जस्तै लक्षण देखिँदै छन् जसले सबै उमेरका मानिसलाई असर गर्छ ।

भाइरोलोजिस्टका अनुसार वायु प्रदूषणका कारण यो भाइरस थप तीव्र रूपमा फैलिन सक्छ ।

के हो एचथ्रीएनटुको लक्षण

– ज्वरो

– कफ

– वाकवाकी लाग्नु

– घाँटी दुख्नु

– जिउ दुख्नु

– थकान

– आन्द्रा सुन्निने लगायत दिसामा रगत देखिनु

यसका साथै यदि सास फेर्न समस्या वा लगातार ज्वरो आइरहेको छ, छाती दुखिरहेको छ, खाना खान समस्या भइरहेको छ, रिँगटा  लागिरहेको छ भने तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

एचथ्रीएनटु सङ्क्रमणबाट जोगिनका लागि कस्तो सावधानी अपनाउनुपर्छ ?

इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आइसीएमआर) का अनुसार कमजोर प्रतिरोधी क्षमता भएका जस्तै बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूमा यसको गम्भीर लक्षण देखिन सक्छ ।

– पल्स अक्सिमिटरको मद्दतले लगातार अक्सिजन लेभलको परीक्षण गरिरहनुहोस् ।

– यदि अक्सिजन सेचुरेसनको लेभल ९५ प्रतिशतभन्दा कम छ भने तत्काल डाक्टरलाई देखाउनुहोस् ।

– यदि अक्सिजन सेचुरेसनको लेभल ९० प्रतिशतभन्दा कम हुन्छ भने इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ ।

– आफैँ औषधी खानु खतरनाक हुनसक्छ ।

– यदि बालबालिका र ज्येष्ठ नागरिकमा ज्वरो र कफजस्तो समस्या छ भने डाक्टरसँग तुरुन्त सम्पर्क गर्नुहोस् ।

सङ्क्रमण भाइरसका कारण हुने भएकोले इन्डियन मेडिकल एसोसिएसन (आईएमए) का अनुसार एन्टिबायोटिकको कुनै आवश्यकता पर्दैन किनभने एन्टिबायोटिक ब्याक्टेरियामा मात्रै प्रभावकारी हुन्छ ।

एचथ्रीएनटुको सङ्क्रमणलाई कसरी रोक्ने ? 

आइसीएमआरले सङ्क्रमण रोक्ने उपायबारे जानकारी दिएको छ । यसमा धेरैजसो ती उपाय नै बताइएको छ जसलाई कोरोना महामारीका बेला लगातार अपनाउन सल्लाह दिइन्थ्यो ।

एचथ्रीएनटु भाइरससँग बच्नका लागि के कस्ता कुरा अपनाउनुपर्छ भन्ने कुरा आइससीएमआरले सल्लाह दिएको छ ।

oxymeterएचथ्रीएनटुबाट बच्न

– फेस मास्क

– साबुन पानीले हात धुने

– भिडभाडबाट बच्ने

– हाच्छ्युँ गर्ने बेला नाक–मुख ढाक्ने

– आँखा, नाक छुनबाट बच्नुहोस्

– अत्यधिक पानी पिउनुहोस्

– ज्वरो, जिउ दुख्ने भएमा प्यारासिटामोल लिनुहोस् 

एचथ्रीएनटु : के नगर्ने ?

– अरूसँग हात मिलाउने वा कुनै पनि प्रकारको शारीरिक सम्पर्कबाट बच्नुहोस्

– सार्वजनिक स्थानमा नथुक्नुहोस्

– डाक्टरको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधी नखानुहोस्

– खाना खाने बेलामा अरूसँग नबस्नुहोस्

यो एक सामान्य इन्फ्लुएन्जा भाइरस हो जुन वर्षा वा चिसो मौसममा हुन्छ । यदि बच्चा, वृद्ध वा बिरामी व्यक्तिमा यस्ता लक्षण देखिए तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ ।

एचथ्रीएनटुका लागि के छ डाक्टरको धारणा ?

बीबीसी हिन्दीले चेन्नईको बालाजी मेडिकल कलेज अस्पतालका असिस्टेन्ट प्राध्यापक डा. रावन गोमनसँग कुराकानी गरेको छ । मानिसहरूले आफ्नो प्रतिरोधी क्षमता बढाउनका लागि बढीभन्दा बढी साग–सब्जी र पोषक तत्त्व खानुपर्ने उनी सल्लाह दिन्छन् ।

उनी भन्छन्, ‘गम्भीर लक्षण भएका व्यक्ति अस्पतालमा भर्ना हुनुपर्छ । सामान्य लक्षण देखिएका बिरामी घरमा नै बस्नुहोस् र डाक्टरको सल्लाह लिइरहनुहोस् । प्यारासिटामोल खान सक्नुहुन्छ । धेरैभन्दा धेरै आराम र मनतातो पानीले यसमा सहयोग गर्नेछ ।’

डा. रावनले भने, ‘एचथ्रीएनटु भाइरसमा म्युटेसन हुनसक्छ । त्यसैले एक पटक सङ्क्रमित भइसकेका व्यक्ति पुनः सङ्क्रमित हुने सम्भावना छ ।’

उनी भन्छन्, ‘आमा बुवा बच्चाको स्वास्थ्यका लागि बढी सतर्क रहनुपर्छ ।’

सावधानी स्वरूप डाक्टर रावन गोमगनले वर्षमा एक पटक एन्फ्लुएन्जाको भ्याक्सिन लिन सल्लाह दिन्छन् ।

उनी भन्छन्, ‘वर्षाको मौसम सुरु हुनु अघि इन्फ्लुएन्जाको खोप लगाउँदा ज्वरो, रुघा र खोकीको खतरा ७० प्रतिशतसम्म कम हुन्छ ।’

उनले थपे, ‘कमजोर प्रतिरोधी क्षमता भएका, मधुमेह र मुटुका रोगीले निश्चित रूपमा इन्फ्लुएन्जा भ्याक्सिन लगाउन आवश्यक छ ।’  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप