ट्रयाक्टरको ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु
शुक्रबार, २६ फागुन २०७९, २२ : १८
इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ । करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।
उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य शुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ । केही यात्रुयहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण