बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपतिमा उम्मेदवारी दिन प्रमिला यादव पुगिन् बानेश्वर

शनिबार, २७ फागुन २०७९, १३ : ३४
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेतृ  प्रमिला यादव उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न नयाँ वानेश्वर पुगेकी छन् । 

यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन वानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेकी हुन् । यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन ।

जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी परिसकेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप