शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

घमन्डी छन् कपिल शर्मा ? एक एक गरी चर्चित कलाकारले किन छोडिरहेका छन् उनको शो ?

आइतबार, २८ फागुन २०७९, १२ : ०२
आइतबार, २८ फागुन २०७९

कपिल शर्माले यो सफलता निकै कडा मेहनतले हासिल गरेका हुन् । तर उनीमाथि धेरैजसो प्रश्न यो उठ्छ कि उनी घमन्डी र अहङ्कारी छन् त्यसैले त एक एक गरी हरेक कलाकारले उनको साथ छोडिरहेका छन् । एक भारतीय सञ्चार माध्यमले उनलाई यसबारे प्रश्न सोध्दा उनले यो प्रश्न ती कलाकारलाई सोध्नुपर्ने बताए । यस्तो कुरा गर्ने को हुन् भनेर कपिलले प्रतिप्रश्न पनि गरे ।

इगोइस्टिक हुन् कपिल शर्मा ?

कपिललाई भारतीय सञ्चार माध्यमले सोध्यो – तपाईँभित्र असाध्यै इगो भरिएको छ, तपाईँ इन्सिक्योर व्यक्ति हुनुहुन्छ, यस्तै तपाईँ आफ्नो वरिपरि कोही अन्य क्षमतावान् व्यक्ति देख्न चाहनुहुन्न त्यसैले तपाईँको शोमा जो उदाउन थाल्छ, उनीहरूलाई छिटो छिटो फेरिदिनुहुन्छ । तपाईँको ट्र्याक रेकर्डले तपाईँलाई मानिसहरूले छिटो छिटो छोडेर गएको देखिन्छ ।

यो प्रश्नमा कपिलले भने – पहिलो कुरा त मलाई आजसम्म कुनै इन्सिक्योरिटी महसुस भएको छैन । मलाई जो राम्रो लाग्यो, त्यसैलाई लिएर आएको हुँ । जोसँग मैले शो सुरु गरेँ, उहाँहरूले नै तपाईँलाई राम्रोसँग बताउनुहुनेछ । मलाई लाग्छ कि जति पनि टिभी शो आउँछन्, ती धेरैजसो नयाँ कास्टिङ र नयाँ अनुहारसहित आउँछन् । तपाईँको कुनै कुरा राम्रो चलिरहेको छ भने तपाईँबारे धेरै खबर आउँछन् । म पहिला असाध्यै धेरै रिसाउँथेँ, मैले त्यसमा काम पनि गरेँ । पहिला कसैले मलाई एउटा गाली गर्‍यो भने म १० वटा दिएर आउँथेँ । तर अब यस्तो छैन । 

मेरो त कसैसँग दुस्मनी छैन । म यस्तो एक्लो व्यक्ति हुँ । अब तपाईँ यसलाई घमन्ड भन्नुहोस् वा इनसिक्योरिटी तर मभित्र कहिल्यै यस्तो भावना छैन ।

किन सबै कलाकारले कार्यक्रम छोडिरहेका छन् ?

कपिलको शोबाट एक एक गरी थुप्रै कलाकार बाहिरिएका थिए । सुनिल ग्रोवर, उपासना सिंह, अली असगर, सुगन्धा मिश्रा, चन्दन प्रभाकर, कृष्णा अभिषेक, सिद्धार्थ सागर, भारती सिंह जस्ता सबै कलाकारले शो छोडिदिए । यस्तोमा कपिलसँग किन कोही पनि टिक्न सकिरहेको छैन भनेर प्रश्न गरिन्छ । यसमा कपिलले भने – सुनिल ग्रोवरसँग त झगडा भएको हो, त्यो त ठिक हो ।

कपिलले थपे – तर भारती सिंहसँग अहिले पनि इन्स्टाग्राममा फोटो हाल्छु । उनले आफ्नो प्रोडक्सन सुरु गरेकी छिन्, उनी असाध्यै व्यस्त छिन् । त्यसैले जो बाहिरिए, उनीहरू सबै जनासँग झगडा नै भएको हो भन्ने होइन । उपासना जीले पनि निकै राम्रो काम गरिरहनुभएको छ, फिल्ममा काम गरिरहनुभएको छ । कृष्णा पनि मेरा निकै मिल्ने साथी हुन् । एउटा झगडा भयो भन्दैमा सबैलाई त्यो श्रेणीमा राख्नु पनि त गलत हो नि ।

उनले थपे, ‘नयाँलाई मौका दिँदा प्रश्न उठ्छन्, आफ्नालाई ल्याऊँ भने नपोटिजम फैलाइरहेका छन् भन्छन् । तर कसैको सफलता हेर्न नसकेको भन्ने चाहिँ कदापि होइन । जब म निर्माता थिएँ, तब झगडा हुन्थ्यो तर अब मैले यसबाट पार पाइसकेको छु । अब म शो निर्माण गर्दिनँ, म त आफ्नो कनट्र्याक्टमा मात्रै ध्यान दिन्छु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप