विवेकशील साझा पार्टीमा १२ जना केन्द्रीय सदस्य मनोनीत
काठमाडौँ । विवेकशील साझा पार्टीले १२ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ ।
सो पार्टीको शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीमा निरन्तर क्रियाशीलता, समावेशिता, भूगोल र प्रतिबद्धता जस्ता मापदण्डको जगमा उनीहरूलाई केन्द्रीय समिति सदस्यमा सर्वसम्मत मनोनयन गरेको पार्टी अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।
मनोनीत हुनेहरूमा नवराज थापा गोरखा, रुस्तम अन्सारी बारा,सूर्यदीप रेग्मी ’दीपक’ कर्णाली, चक्र न्यौपाने ज्येष्ठ नागरिक÷काठमाडौँ, निर्जला कक्षपती महिला, हरिश भट्ट सुदूरपश्चिम, धनेज थापा काठमाडौँ, सरोज गौतम गण्डकी, मिलन परियार ललितपुर, निरञ्जन चापागाईँ काठमाडौँ, शिशिर बन्जारा गण्डकी र चन्द्र श्रेष्ठ महिला रहेका छन् ।
६५ सदस्यीय केन्द्रीय समितिमा हाल महाधिवेशनबाट चयन र मनोनयन गरी विस्तार हुँदा ३९ सदस्यीय बनेको छ ।
त्यस्तै बैठकले वार्षिक क्यालेन्डर बनाएर पार्टी गतिविधि सञ्चालन गर्ने तथा प्रदेश अधिवेशनलाई प्राथमिकता दिँदै ’महाधिवेशन सन्देश’ लिएर देशव्यापी यात्रा सुरु गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण