प्रमिला यादवको उम्मेवारीबारे निर्णयका लागि जसपा बैठकमा
काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवको उम्मेदवारी फिर्ता गर्ने वा कायमै राख्नेबारे जसपाले छलफल थालेको छ । पार्टी कार्यालयमा यसबारे छलफल गरेर निर्णय गर्न लागिएको सांसद प्रदीप यादवले रातोपाटीलाई जानकारी दिए । निर्वाचन आयोगले शनिवार उपराष्ट्रपतिको उम्मेदवारी दर्ता हुनुअघि संवैधानिक र कानुनी व्यवस्था देखाउँदै खस आर्य समुदायको पुरुष राष्ट्रपति निर्वाचित भएकोले पुरुष बाहेक फरक लिङ्ग र खस आर्य बाहेकको ब्यक्तिलाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्न आग्रह गरेको थियो ।
आयोगको सो अभिव्यक्तिपछि सत्ता गठबन्धन दलको तर्फबाट जनता समाजवादी पार्टीबाट एक जना महिला उम्मेदवार प्रमिलाकुमारी यादव र अर्का पुरुष उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी परेको थियो । रामसहाय विरुद्ध एमालेबाट उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्यको तर्फबाट दावी विरोध समेत दर्ता भएको थियो । शनिवार मध्यान्ह १२ बजे आयोगले उक्त दावी बिरोध खारेज गर्दै रामसहायको उम्मेदवारी कायमै राख्ने निर्णय गरेपछि जसपाले प्रमिलाकुमारी यादवको उम्मेदवारी फिर्ता लिने वा कायमै राख्ने भन्ने बारेमा निर्णय लिन लागेको हो ।
आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ भने साँझ ५ बजे उपराष्ट्रपतिको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण