दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थकान हट्छ
दहीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । यसमा भिटामिन, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस र फोलिक एसिड जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छन् । साथै, यसमा प्रशस्त मात्रामा प्रोबायोटिक्स हुन्छ जसले शरीरमा राम्रो ब्याक्टेरिया बढाउन मद्दत गर्छ । मानिसहरू धेरै तरिकाले दही खान्छन् । कसैलाई सादा दही खान मन पर्छ भने कोही यसमा नुन वा चिनी मिसाएर खाने गर्छन् । आज यस लेखमा हामी तपाईँलाई केही यस्ता कुरा बारे बताइरहेका छौँ, जसलाई दहीमा मिसाएर खाँदा दोहोरो पोषण मिल्छ ।
तत्काल ऊर्जाका लागि दहीमा मिसाएर खानुहोस् यी खानेकुरा
दही र गुड
गुड मिसाएर दही खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगबाट बच्न सकिन्छ । गुडमा पाइने आइरनले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन मद्दत गर्छ । यसले रक्तअल्पत्ताको समस्या हटाउँछ र शरीरलाई शक्ति प्रदान गर्छ । दहीमा दैनिक गुड मिसाएर खाँदा पाचन क्रिया पनि राम्रो हुन्छ । यसले अपच, ग्यास र एसिडिटी जस्ता समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।
दही र किसमिस
किसमिसमा पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । यसमा प्रोटिन, आइरन, फाइबर र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । किसमिस मिसाएर दही खाँदा शारीरिक कमजोरी र थकान हट्छ । यसका साथसाथै शरीरलाई तत्काल ऊर्जा पनि प्राप्त हुन्छ । यसको प्रयोगले युरिनरी ट्र्याक्ट इन्फेक्सनमा पनि धेरै राहत मिल्छ । यसलाई हरेक बिहान खाली पेटमा सेवन गर्दा बढी फाइदा हुन्छ ।
दही र जिरा
पाचन सम्बन्धी समस्याले दिक्क हुनुहुन्छ भने दहीमा जिरा मिसाएर खानुहोस् । यो मिश्रण पाचन प्रणालीलाई स्वस्थ राख्न निकै फाइदाजनक हुन्छ । भुटेको जिरा र बिरे नुन दहीमा मिसाएर खाँदा भोक बढ्छ र पाचन क्रियामा सुधार हुन्छ । यसले तपाईँलाई ऊर्जावान् महसुस गराउँछ।
दही र ड्राई फ्रुट्स
शरीरमा कमजोरी भएमा वा दिनभरि थकान महसुस भएमा ड्राई फ्रुट्स मिसाएर दही खानुहोस् । दहीमा काजू, बदाम र ओखर जस्ता ड्राई फ्रुट मिसाएर सेवन गर्दा शरीरलाई तत्काल ऊर्जा मिल्छ । यसको नियमित सेवनले तौल बढाउनुका साथै स्मरण शक्ति पनि तेजिलो बनाउँछ ।
तत्काल ऊर्जा प्राप्त गर्न दहीमा यी खानेकुरा मिसाएर खान सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण