आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
निर्वाचन

ममता झाले उम्मेदवारी फिर्ता नलिने !

आइतबार, २८ फागुन २०७९, १४ : २७
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता नलिने भएको छ । सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाएको छ । झालाई गठबन्धनकै लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएको छ । ममता झाको समर्थक र प्रस्तावक जनमत, लोसपा र उन्मुक्ति पार्टी बसेका छन् ।

सिंहदरवारमा बसिरहेको गठबन्धनको बैठकमा जनमतलाई उम्मेदवारी फिर्ता लिन भनिएको तर फिर्ता लिन तयार नभएको स्रोतले जनाएको छ । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले ममता झाले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताए । उनले अझै पनि पुरुष उम्मेदवारको विरुद्ध मुद्दा पर्ने सम्भावना रहेका कारण ममता झाको उम्मेदवारी कायम रहने बताए ।

‘गठबन्धनले के निर्णय गर्छ, कसलाई समर्थन गर्छ त्यो आफूलाई थाह भएन तर जनमत पार्टीले आफ्नो उम्मेदवारको उम्मेदवारी फिर्ता लिँदैन’  उनले स्पष्ट गरे । अहिले सिंहदरवारमा गठबन्धनको बैठक चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप