ममता झाले उम्मेदवारी फिर्ता नलिने !
काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता नलिने भएको छ । सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाएको छ । झालाई गठबन्धनकै लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएको छ । ममता झाको समर्थक र प्रस्तावक जनमत, लोसपा र उन्मुक्ति पार्टी बसेका छन् ।
सिंहदरवारमा बसिरहेको गठबन्धनको बैठकमा जनमतलाई उम्मेदवारी फिर्ता लिन भनिएको तर फिर्ता लिन तयार नभएको स्रोतले जनाएको छ । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले ममता झाले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताए । उनले अझै पनि पुरुष उम्मेदवारको विरुद्ध मुद्दा पर्ने सम्भावना रहेका कारण ममता झाको उम्मेदवारी कायम रहने बताए ।
‘गठबन्धनले के निर्णय गर्छ, कसलाई समर्थन गर्छ त्यो आफूलाई थाह भएन तर जनमत पार्टीले आफ्नो उम्मेदवारको उम्मेदवारी फिर्ता लिँदैन’ उनले स्पष्ट गरे । अहिले सिंहदरवारमा गठबन्धनको बैठक चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण