सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रु बिरामी भएपछि दिल्लीबाट दोहाका लागि उडेको विमान कराँचीतर्फ डाइभर्ट, यात्रुको ज्यान बचेन

सोमबार, २९ फागुन २०७९, ११ : ५३
सोमबार, २९ फागुन २०७९

दिल्लीबाट दोहा जाँदै गरेको इन्डिगोको विमान एक यात्रु बिरामी भएपछि कराँचीमा आकस्मिक अवतरण गराइएको छ । जानकारीका अनुसार फ्लाइट नम्बर 6E-1736 लाई मेडिकल इमर्जेन्सीपछि पाकिस्तानको कराँची हवाइअड्डातर्फ मोडिदिएको हाे । 

इन्डिगोले जारी गरेको वक्तव्यलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले यो जानकारी दिएको हो ।

यद्यपि, बिरामी यात्रुको ज्यान भने बचाउन सकिएन ।

एयरलाइन्सले भन्यो, ‘हामी यो सूचनाका कारण असाध्यै दुःखी छौँ र हाम्रो समवेदना मृतकको परिवारसँग छ । हाल हामी सम्बन्धित अधिकारीसँग समन्वय गरेर अन्य यात्रीलाई अर्को विमानबाट पठाउने प्रबन्ध मिलाइरहेका छौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप