यात्रु बिरामी भएपछि दिल्लीबाट दोहाका लागि उडेको विमान कराँचीतर्फ डाइभर्ट, यात्रुको ज्यान बचेन
दिल्लीबाट दोहा जाँदै गरेको इन्डिगोको विमान एक यात्रु बिरामी भएपछि कराँचीमा आकस्मिक अवतरण गराइएको छ । जानकारीका अनुसार फ्लाइट नम्बर 6E-1736 लाई मेडिकल इमर्जेन्सीपछि पाकिस्तानको कराँची हवाइअड्डातर्फ मोडिदिएको हाे ।
इन्डिगोले जारी गरेको वक्तव्यलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले यो जानकारी दिएको हो ।
यद्यपि, बिरामी यात्रुको ज्यान भने बचाउन सकिएन ।
एयरलाइन्सले भन्यो, ‘हामी यो सूचनाका कारण असाध्यै दुःखी छौँ र हाम्रो समवेदना मृतकको परिवारसँग छ । हाल हामी सम्बन्धित अधिकारीसँग समन्वय गरेर अन्य यात्रीलाई अर्को विमानबाट पठाउने प्रबन्ध मिलाइरहेका छौँ ।’
IndiGo flight 6E-1736, operating from Delhi to Doha was diverted to Karachi due to a medical emergency on board. Unfortunately, on arrival, the passenger was declared dead by the airport medical team, says the airline.
— ANI (@ANI) March 13, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण