सहिद स्मारक ए डिभिजन : दोस्रो जितसँगै खुमलटार चौथोमा
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा खुमलटारले हिमालयन शेर्पालाई पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ ।
च्यासल मैदानमा सोमवार भएको खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ ले हराएको हो । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एकएक गोल गरे । मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल थप्दै खुमलटारको जित निश्चित गरेका हुन् ।
यस्तै हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए । यो गोल ८० औं मिनेटमा सम्भव भएको थियो । यो जितपछि माथिल्लो डिभिजनमा डेब्यु गरिरहेको खुलमटारको चार खेलबाट छ अंक भएको छ र चौथो स्थानमा उक्लिन सफल रह्यो ।
हिमालयन शेर्पा भने चार अंकमै सीमित रह्यो र दसौं स्थानमा झरेको छ । लिगमा मंगलवार तीन खेल हुनेछन् । एन्फा कप्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च व्वाईज, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लवबीच दशरथ रंगशालामा पहिलो तथा अन्तिम खेल दरशथ रंगशालामै मच्छिन्द्र र नेपाल पुलिस क्लवबीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण