पाकिस्तानमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
सोमबार, २९ फागुन २०७९, २० : ३७

इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन् ।
सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपास नजिकै अपरेशन गरेको थियो।
दुवै मृतकको पहिचान भइसकेको छ । उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) का स्थानीय कमाण्डर रहेको बुझिएको छ ।
यसै गरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको मास्टरमाइन्ड रहेको बुझिएको छ जुन घटनामा तीन सुरक्षाकर्मी र एक नागरिक सहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम
-
दुग्ध पाउडर प्लान्ट निर्माण भएको २ वर्षसम्म पनि सञ्चालन मोडालिटी टुङ्गिन सकेन
-
युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम
-
गृहमन्त्रीको प्रश्न–आजको दिनमा जन्मको आधारमा शासन गर्न पाइन्छ ?
-
‘पाउडर प्लान्ट सरकार आफैँले चलाउनुपर्छ’
-
पाउडर प्लान्ट भाडामा दिँदा नै राम्रो हुन्छ भन्ने छ : मन्त्री श्रेष्ठ