पाकिस्तानमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
सोमबार, २९ फागुन २०७९, २० : ३७
इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन् ।
सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपास नजिकै अपरेशन गरेको थियो।
दुवै मृतकको पहिचान भइसकेको छ । उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) का स्थानीय कमाण्डर रहेको बुझिएको छ ।
यसै गरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको मास्टरमाइन्ड रहेको बुझिएको छ जुन घटनामा तीन सुरक्षाकर्मी र एक नागरिक सहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण