पहिरोमा परी ब्राजिलमा ८ जनाको मृत्यु
सोमबार, २९ फागुन २०७९, २१ : ४४
ब्राजिलिया । उत्तरी ब्राजिलको अमेजन राज्यको राजधानी मानौसको पूर्वी भागमा सोमबार बिहान पहिरोमा परी आठ जनाको मृत्यु भएको छ ।
चार बालबालिकासहित पीडितको शव विपद् स्थलबाट निकालिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साथै आमा र छोरीको अवशेष भग्नावशेषमुनि अँगालो हालेको अवस्थामा भेटिएको छ ।
पहिरोले नौ वटा घरमा क्षति पु¥याएको छ । अग्निनियन्त्रक र वरपरका बासिन्दाहरूले अझै केही मानिसजरू जीवित हुनसक्ने भन्दै खोजी कार्यलाई तीव्र पारेका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण