पीएनजीले युएईलाई दियो २३५ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले युएईलाई जितका लागि २३५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएयो ।
पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । त्यस्तै नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले २४ रन बनाए । पीएनजीका राईली हेरुकेले अविजित ३३ रन बनाए ।
युएईका लागि हर्जत बिलालले सर्वाधिक चार विकेट लिए । त्यस्तै जावर फरिद र रोहन मुस्ताफाले समान १र१ विकेट लिए । पीएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद रुपमा समाप्त गर्न चाहान्छ । युएई पनि पीएनजी माथी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहान्छ ।
पीएनजीले ३५ खेलमा ५ मा जित सहित पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ। युएईले ३४ खेलमा १४ मा जित सहित ३१ अंक जोडेर अंक तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण