शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूको प्रतिबद्धता : यी हुन् विश्वविद्यालय सुधारका शैक्षिक एजेन्डाहरू

बुधबार, ०१ चैत २०७९, १६ : २०
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । अनेरास्ववियूले स्ववियु निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । अनेरास्ववियूले स्ववियु निर्वाचनका लागि आफ्नो तर्फबाट गर्ने प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको हो ।  अनेरास्ववियूले राज्यको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ । त्यसतै शिक्षामा व्याप्त निजीकरण र व्यापारीकरण पूर्ण अन्त्य गर्नुपर्ने माग समेत अघि सारेको छ । 

स्ववियुलाई आम विद्यार्थीहरूको साझा संस्था बनाउने प्रतिबद्धता अनेरास्ववियूले गरेको छ । त्यस्तै विश्वविद्यालय र क्याम्पसमा हुने राजनीतिक भागबन्डाको अन्त्य गर्ने समेत प्रतिबद्धता जनाएको छ ।  विद्यार्थीको ट्रान्सक्रिप्ट र माइग्रेशन लगायतका प्रमाणपत्र सम्बन्धित क्याम्पसबाटै दिने व्यवस्था मिलाउन आफू प्रतिबद्ध लाग्ने समेत प्रतिबद्धता अनेरास्ववियूको छ । 

स्ववियुको बैठक सामाजिक सञ्जालबाट लाइभ गरिने र हरेक ६/६ महिनामा आयव्यय विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।  मिसन स्ववियु भिजन २४ अन्तर्गत आगामी दुई वर्षमा अनेरास्ववियूले गर्ने कामहरू समेत सार्वजनिक गरिएको छ । जसमा शिक्षामा सबैको अधिकार, धनी गरिब बराबर, प्रविधि शिक्षा समृद्धिको इच्छा, समाजवादी शिक्षा, समय मै परीक्षा, शैक्षिक संस्थामा नो लाइन, सबै काम गरौँ अनलाइन जस्ता काम दुई वर्षमा गर्ने अनेरास्ववियूले प्रतिबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप